सिन्धुलीको मरिण गाउँपालिका एफआरएमा नेपालकै पहिलो, लिजामा बागमतीकै प्रथम

4

काठमाडौं – सिनधुलीको मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए)मा देशकै प्रथम भएको छ भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन बागमती प्रदेश प्रथम भएको छ ।

मरिण गाउँपालिका स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कन(एफआरए)मा देशकै प्रथम भएपछि गाउँपालिका अध्यक्ष विमर्स मोक्तानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको प्रतिक्रिया दिए । जनप्रतिनिधि र कर्मचारीको एकीकृत प्रयासबाट सफल भएको हो ।’ अध्यक्ष मोक्तान भन्छन्, ‘नतिजाले धेरै खुशी बनाएको छ ।’ 

आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मरिणले देश भरका ७५३ स्थानीय तह मध्येमा ९७.५ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको उनले बताए । 

मूल्याङ्कनमा ५ वटा क्षेत्रलाई आधार मानी नम्बर प्रदान गरिने स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ मा उल्लेख छ । योजना कार्यक्रम तथा बजेट व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलाई आधार मानी मूल्याङ्कन गर्ने गरिन्छ । 

त्यस्तै, मरिण गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा बागमती प्रदेशकै प्रथम भएको छ । ९४ दशमलव ७५ अंकका साथ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । लिजामा मरिण गाउँपालिका देशभरमा आठौं भएको गाउँपालिकाले जनाएको छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू