सिन्धुलीको तिनपाटनमा स्वास्थ्य सामाग्रीहरु सहयोग

18

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिका वडा न १० मा स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ ।

तिनपाटन गाउँपालिका वडा न १० को स्वास्थ्य चौकिमा अक्सिजन कन्सट्रेक्टर, पिपिइ सेट, मास्क सेनिटाइजर, ग्लोब थर्मल गन लगाएतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको स्थानिय अनिरुद्र तिमल्सिनाले बताए ।

तिमल्सिनाका अनुसार मानवीय सेवा तथा अन्तर सास्कृतिक आदानप्रदान केन्द्रका प्रतिनिधी यज्ञ राज अधिकारी,जस्ट नेपाल फाउण्डेशनका सुदर्शन आचार्य,इन्द्रावती १० का वडा अध्यक्ष जीवन कुमार थापा मगर, इन्द्रावती १० का राजेन्द्र आचार्य लगायत संयोजनमा उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो।

समाचार वर्गहरू