सिम्रिक एयरद्वारा सिन्धुपाल्चोकमा विद्यालय पोशाक र कफिका विरुवा वितरण

175

काठमाडौं – सिन्धुपाल्चाेक जिल्लाकाे ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको सानो संसार विद्यालयमा सिम्रिक एयरले विद्यालय पोशाक सहयोग गरेको छ ।

यसका साथै समुदाय स्तरमा कफीको विरुवा समेत वितरण गरीएको छ । समुदायस्तरमा कफी खेती प्रर्वद्धन गर्नका लागी करीव २०० भन्दा बढी स्थानियलाई कफीको बिरुवा वितरण गरीएको होे ।

सिम्रिक एयरलाईन्सले सामाजिक उत्तरदायीत्व अन्तरगत सिन्धु उत्थान केन्द्रसंगको सहकार्यमा सो सहयोग गरेको हो । सानो संसार विद्यालयका जेहेन्दार विद्यार्थीहरुका लागी स्टेसनरी तथा पोशाक वितरण गरीएको हो ।

सिम्रिक एयरलाईन्सका म्यानेजिङ डिरेक्टर सिद्धार्थजंग गुरुङले आगामि दिनमा पनि सिन्धु उत्थान केन्द्र संग समन्वय गरेर समुदाय स्तरमा यस्ता खाले कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सिम्रिक एयरका प्रतिनिधीहरु, सिन्धु उत्थान केन्द्रका पदाधीकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी लगाएत स्थानियको सहभागिता रहेको थियो ।

विगत देखिनै सामाजिक उत्तदायित्व वहन गर्दै आएको यस संस्थाले आगामि दिनमा पनि यस्ता खाले कार्यक्रमहरु समुदायमाझ ल्याउने संस्थाका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए ।

समाचार वर्गहरू