सिरहामा आगामी २७ गतेसम्म निषेधाज्ञा थप

26

सिरहा – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिराहाले जारी निषेधाज्ञा भदौ २७ गतेसम्म लम्ब्याएको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले ३२ साउनदेखि जारी गरेको निषेधाज्ञा २७ भदौसम्मका लागि बढाएको हो ।
जारी गरेको निषेधाज्ञा १५ भदौ राति १२ बजे सकिएपछि मंगलबारबाट पुन: निषेधाज्ञाको अवधि थप गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

अत्यावश्यक सेवा र काम बाहेक निषेधाज्ञाका बेला अन्य गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कणेलले आग्रह गरेका छन् ।

प्रजिअ कणेलले कोरोनाको जोखिम समुदायस्तरसम्म नै फैलिएकोले लहान, गोलबजार, धनगढीमाई, सुखीपुर, कल्याणपुर, सिरहा नगरपालिका र विष्णुपुर गाउँपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहमा ३२ साउनसम्म ५८ जना कोरोना संक्रमित रहेकोमा १४ भदौसम्म १ सय ५० जना पुगेका छन् ।

समाचार वर्गहरू