सिराहामा भएको प्रर्दशनमा क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप

12

(लहान) – सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आइतबार झडप भएको छ । झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाइते भएका छन् ।

आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास समेत प्रहार गरेको छ । गाउँपालिकामा अनियमितता भएको भन्दै नेपाली कांग्रेस र नेकपाले आन्दोलन गरिरहेका छन् ।

गाउँपालिकाको बजेट अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हिसाब पारदर्शी गर्नुपर्ने माग सहित स्थानीय आन्दोलनमा उत्रिएको हो ।

आन्दोलनकारीले गाउँपालिकाको भवनको झ्याल, ढोका फुटाउनुका साथै कार्यालयभित्र रहेका पदाधिकारीमाथि आक्रमण गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन पाँच सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू