सीपीएल क्रिकेटमा लामिछानेको टिम बार्बाडोस पराजित

18

काठमाडौं – क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट पराजित भएको छ । सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीसीएल) क्रिकेटमा दुई विकेट लिए पनि टोलीको जिताका लागि पर्याप्त हुन सकेन ।

बार्बाडोस ट्रिडेन्ट्सका लागि मैदानमा उत्रिएका सन्दीपले मंगलबार बिहान भएको खेलमा जमैका टलवाहस विरुद्ध दुई विकेट लिएका हुन् । सन्दीपले उत्कृष्ट बलिङ गरे । बार्बाडोस जमैका तालेवाजसँग ५ रनले पराजित भएको हो ।

ब्रिजटाउनमा जमैकाले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो ।

मैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे । ४ ओभरमा १७ रन खर्चेर सन्दीपले २ विकेट लिए । योसँगै सन्दीपले ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

सन्दीपले लिगका बाँकी खेल भने गुमाउने छन् । अब सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् । यस्तै बार्बाडोसका जासन होल्डर र रेमोन रिफरले पनि २ र २ विकेट लिए ।

समाचार वर्गहरू