सीपीएल टी–२० क्रिकेटको उपाधि राप्तीलाई

19

(भरतपुर) – चितवन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि राप्ती र्‍यापिड्सले उचालेको छ । नारायणगढ क्याम्पाचौरमा आज भएको फाइनल खेलमा सौराहा स्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो ।

सौराहाले दिएको १ सय ४० रनको लक्ष्य राप्तीले दुई विकेट गुमाएर १७ दशमलव ४ ओभरमा पूरा गर्‍यो । यसअघि टस जितेर ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

जितसँगै राप्तीले २ लाख रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी र मेडल प्राप्त गरे । उपविजेता सौराहाले एक लाख रुपैयाँ नगद पुरस्कार पाए । राप्तीकै हरिबहादुर चौहान प्लेयर अफ दी सिरिज घोषित भए । उनले १० हजार सहित ट्रफी प्राप्त गरे ।

भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । राप्तीका भिम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए । यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए ।

समाचार वर्गहरू