सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप्ने सरकारको निर्णय

17

काठमाडौं – सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको छ । बिहिबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले ११४ सुरक्षा पोष्ट थप गर्ने जानकारी दिएका हुन् ।

मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप्ने निर्णय गरेको छ । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका बाँस्कोटाले भारतलाई युद्ध गर्न आउ भनेर पोष्ट नराखेको पनि प्रष्ट पारे । सुरक्षा पोष्ट थप गर्ने निर्णयमाथि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले सरकारले सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रणका लागि पोष्ट राख्न लागिएको बताए ।

आफ्नो देशको सीमा क्षेत्रभित्र सुरक्षा पोष्ट राख्दा अन्य कुनै पनि देशलाई सोध्न जरुरी नरहेको मन्त्री बास्कोटाले प्रष्ट पारे ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू