सीवाईसी नेपालको आईपीओ आजदेखि खुल्ला

9

काठमाडौं – सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री शुक्रबारबाट खुला भएको छ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्नेछ।

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६  गतेसम्म आवेदन दिन  सकिनेछ। न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

समाचार वर्गहरू