सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्ने घोषणाप्रति नेता भट्टराईको असन्तुष्टि

24
फाइल फोटो

विराटनगर – नेकपा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सरकारले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने बताएपछि असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्ने घोषणा गरेपछी योगेश भट्टराईको असन्तुष्टि सार्वजनिक भएको हो ।

आइतबार सामाजिक सञ्जाल फेसवुकमा लेख्दै भट्टराईले ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि छलफल र विमर्श आवश्यक भएको जनाएका हुन् ।

‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ उनले लेखेका छन् ।

आर्थिक वर्ष २०७८/२०७९ को बजेट सार्वजनिक गर्दै शनिबार अर्थमन्त्री विष्णु पौडेलले सुकेटारलाई स्व. रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामांकरण गर्ने बताएका थिए ।

 

समाचार वर्गहरू