काठमाडौँ – एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका छन् ।
प्रहरीका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीको भनाइ छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।