काठमाडौं – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन । शाहले सुदूरपश्चिममा दोस्रो पटक दुुई तिहाई बराबर विश्वासको मत पाएका हुन् ।
नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले ३६ मत पाएका हुन । ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुुई तिहाई हो ।
केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिममा उहाँ, साउनको २० गते मुख्यमन्त्री भन्नुभएकव थियो । बुधबार विश्वासको मतको पक्षमा ३६ र विपक्षमा ८ मत खसेको छ भने एकजना तटस्थ बसेका छन् ।
५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, नेकपा एमालेका उप सभामुख सहित ११, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री शाहलाई काँग्रेस, एमाले र नाउपाले विश्वासको मत दिएका हुन् ।