सुदूरपश्चिममा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

48

डोटी – सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा बिहिबार बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवार समेत प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू