सुनकाे मूल्य २ सय रूपैयाँले घट्याे

21

(काठमाडाैं) – पछिल्लाे समय नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेेमबार सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आइतबारको तुलनामा २ सयले घटेर प्रतितोला ७१ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ | आइतबार सुन प्रतिताेला ७२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

आइतबारको तुलनामा आज ५ रूपैयाँले घटेर चाँदीको मूल्य ८ सय ३५ रुपैयाँ कायम भएकाे छ |

समाचार वर्गहरू