सुनकोशीमा पहिरोले चार घर पुरियो

21

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६  सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । आइतबार बिहान गएको पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने सयौं रोपनी जमिन क्षति भएको सुनकोशी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले जानकारी दिए ।

केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र घर पहिरोमा परेको हो । घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ । पीडितहरुका लागि गाउँपालिकाले आवश्यक सबै व्यवस्थापन गर्ने अध्यक्ष जिसीले बताए ।

समाचार वर्गहरू