सुनकोशी-ईन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजनामा ३४ जनाले गरे रक्तदान

4

काठमाडौं – सुनकोशी-ईन्द्रावती समाज सिन्धुपाल्चोक र DXN शाखा भक्तपुरको संयुक्त आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा भक्तपुरको सुर्यविनायकमा सम्पन्न उक्त कार्यक्रममा ३४ जनाले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र थापाले बताए ।

थापाका अनुसार नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका निवर्तमान जिल्ला सभापति स्व. विकाश लामाको १४ओैँ दिनको पुण्यतिथिमा उनको आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरिएको हो ।

समाजले यसअघीपनि नागरिकको स्वास्थ्यको क्षेत्रमा स्थानियस्तरमै विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू