सुनकोसीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

2
तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं – गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ।
गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ।दुर्घटनामा परेका तिन जनामध्ये एक जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा (डीएसपी) चिरन्जीवी दाहालका अनुसार नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो।

‘गाडीमा दुईवटा शव भेटिएको छ। शवको पहिचान हुन बाँकी छ। एक जनाको शव खोज्ने कार्य जारी छ,’ दाहालले भने। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा गाडी र शव सुनकोशी नदीबाट झिकिएको हो।

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू