सुनको भाउ अहिलेसम्मकै महँगो, तोलामा कति पुग्यो ?

20

(काठमाण्डौ) – सुनको भाउ आज (शुक्रबार) एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको छ ।

शुक्रबार सुन तोलाको ७४ हजार ५ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो सँगै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको थियो तर आज सुन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । गएको बुधबार र बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको हो ।

चाँदीको मुल्य भने आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासङ्घले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू