सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले घट्यो

41

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । लगातार बढेको सुनचाँदीको मूल्यमा मंगलबार भारी गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै महासंघले तेजाबी सुनको मूल्य मंगलबारका लागि ९४ हजार तीन सय रुपैयाँ तोकेको छ ।

आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो । अघिल्लो दिन सोमबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

समाचार वर्गहरू