सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढ्यो

20

(काठमाडौं) – पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार ७१ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार ७१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० रुपैयाँमा खरिद बिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ रुपैयाँ पुगेको छ ।

समाचार वर्गहरू