सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

17

काठमाडौं – पछिल्लो समय सुनको भाउ विस्तारै घट्न थालेको छ ।  नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

सुनको भाउ आज तोलामा एक हजार ७ सय रुपैयाँले घटेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

यस्तै, चाँदी आज तोलामा ९० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको एक हजार २ सय ३० रुपैयाँमा झरेको छ । चाँदी सोमबार तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

समाचार वर्गहरू