सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

15

(काठमाडौं) – नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ । केही दिनदेखि निरन्तर घटेको सुनको भाउ आज एकै दिन प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

कार्तिक १९ गतेबाट केही ओरालो लागेको सुनको भाउ आज एकै दिन ११ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

समाचार वर्गहरू