काठमाडौं – केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको भाउ फेरि बढेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
मंगलबार केही गिरावट आएको सुनको भाउ बढेर आज बढेर प्रतितोला ६९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । हिजो सुन ६९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।