काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रवार सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलामा रु ७३ हजारमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रवार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर आज ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।