मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । सोमवार प्रतितोला ७६ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको छ ।
त्यस्तै, आज तेजावी सुन ७५ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।