काठमाडौं – दशैंअघि केहि बढेको सुनको मूल्य दशैंपछि घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार मात्रै सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।
असोज २४ गते शुक्रबार पनि सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य ८४५ रुपैयाँमा स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर ८४५ रुपैयाँमा कारोबार भएकोमा आइतबार स्थिर रहेको हो ।