सुनचाँदीको मूल्यमा आज पनि गिरावट

52

मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ७६ हजार ५ सय कायम भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय कायम भएको छ ।

सोमवारको तुलनामा आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ८० कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

समाचार वर्गहरू