सुनचाँदीको मूल्यमा पुनः गिरावट

15

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । केहि दिन यता मूल्य वृद्धि भइ नयाँ रेकर्ड कायम भएको सुनको मूल्यमा बिहीवारबाट पुनः गिरावट आएको हो । आज छापावाला सुन तोलामा ९ सयले घटेर ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ७४ हजार ३ सय कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

समाचार वर्गहरू