सुनसरी दुर्घटनाका मृतक चारै जनाको पहिचान खुल्यो

49

मध्यबिन्दु/सुनसरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवामा भएको दूर्घटनामा मृत्यु हुने चारै जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा माइक्रोका चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का, भक्तपुरकी १७ वर्षीय गरिमा गौतम, झापा भद्रपुरका ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्य हेमराज र डोलमाया श्रीमान–श्रीमती रहेको बुझिएको छ ।

इटहरीबाट इनरुवातिर जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आज विहान आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू