सुनसहित विराटनगरबाट एक पुरुष पक्राउ

18

विराटनगर – स्रोल नखुेको सुनसहित मोरङको विराटनगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५५ वर्षीय शेमपेन गुप्ता रहेका छन् ।

करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

साइकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको साथबाट ५ हजार रुपैयाँ र एक थान मोबाईल सेट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू