सुन्धारामा २ वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

41

काठमाडौं – काठमाडौंको सुन्धारामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।​

काठमाडौं महानगरपालिका– २२ स्थित काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका थिए।

सोमबार बिहान भएको दुर्घटनामा बा३४प ४३२० नम्बरको मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का मोटरसाइकल चालकको ट्रमा सेन्टरमै उपचार भइरहेको छ।

समाचार वर्गहरू