सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

9

(काठमाडौं) – नेपाली बजारमा सुन र चाँदीको मूल्यमा केही गिरावट आएको छ । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आइतबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

केहि समय अघिदेखि बढिरहेको सुनको मूल्य गत बिहीबारदेखि भने केही घट्न थालेको हो । आइतबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर ८५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंसिरमा विवाह जस्ता कार्यको लागि सुन अत्यावश्यक हुने भएकाले सुन चाँदीको मूल्य घट्दा उपभोक्तालाई भने केहि राहत हुने भएको छ ।

समाचार वर्गहरू