सुवास नेम्वाङलाई मतमाग्दै माधवलाई ओलीले पठाए पत्र

8
फाइल फोटो

काठमाडौं – राष्ट्रपति निर्वाचनमा नेकपाएमालेका नेता सुवास नेम्वाङलाई मतमाग्दै एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन् ।

एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै ओलीले नेपाललाई राष्ट्रपति निर्वाचनमा सहयोगको आग्रह गर्दै पत्र पठाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी भने सहभागी थिएन ।

पत्रमा एकीकृत समाजवादीका अध्यक्षलाई सम्बोधन गर्दै उक्त पार्टीका तर्फबाट सुवास नेम्वाङको पक्षमा मतदान गर्न अनुरोध गरिएको छ । नेकपा एमालेले यसअघि नै राष्ट्रपतिका लागि कांग्रेस बाहेकका दलहरूसँग सहयोग लिन प्रयास गर्ने जनाइसकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू