सूचना केन्द्र स्थापना

25

दमौली – तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा सूचना केन्द्र निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले रु १९ लाखको लागतमा सूचना केन्द्रका लागि भवन निर्माण गरेको हो । डिभिजन वन कार्यालयको वन उद्यान कार्यक्रमअन्तर्गत निर्माण गरिएको वातावरणमैत्री उद्यानभित्र सूचना केन्द्रका लागि भवन निर्माण गरिएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।

वातावरणमैत्री उद्यानका लागि काठमाडौंस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालयमा बुझाइएपछि कार्यालयले उक्त ठाउँको स्थलगत अवलोकन समेत गरेको थियो । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी संकलन गरी प्रदर्शनीमा राखिने भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिए ।

सोही ठाउँमा डिभिजन वन कार्यालयले दुई हेक्टर क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गरेको छ । उक्त नर्सरीमा अमला, खयर, मेन्डुलालगायतका बिरुवा उत्पादन गरिएको छ । नर्सरीमा ३० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुंगाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान र सूचना केन्द्र निर्माण गरिएको थापाले जानकारी दिए ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू