सूर्यज्योतिको एमडीआरटी मिट चन्द्रागिरि हिल्स रिसोर्टमा सम्पन्न

70

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२५ चन्द्रागिरीस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा सम्पन्न गरेको छ ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पूरा गरी एमडीआरटी २०२५ का लागि छनोट भएका उत्कृष्ट अभिकर्ताहरूलाई सूर्यज्योतिले सम्मान गरेको छ ।

एमडीआरटी २०२५ का लागि छनोट अभिकर्ताहरूमध्ये गौरव कुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (COT) का लागि सम्मानित  भएका हुन् ।

कार्यक्रममा सूर्यज्योतिका अध्यक्ष केशवप्रसाद भट्टराई, संचालक सदस्यहरू, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरू, प्रदेश प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरूका साथै एमडीआरटी २०२५ का लागि छनोट भएका सम्पूर्ण अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष भट्टराईले सम्मानित सबैलाई धन्यवाद व्यक्त गर्दै कम्पनीले गरेको आर्थिक वृद्धिमा एमडीआरटी २०२५ का लागि छनोट भएका अभिकर्ताहरूको नै योगदान रहेको हुँदा सबैप्रति आफू कृतज्ञ रहेको जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले अन्तर्राष्ट्रियस्तरको अभिकर्ताहरूको भेलामा आफूलाई नेपालको प्रतिनिधित्व गर्दै सम्मानित हुने अवसर पाउने भएकाले आगामी वर्षलाई कम्पनीले विशेष प्राथमिकता दिई एमडीआरटीको संख्यामा उल्लेखनीय वृद्धि गर्नुपर्नेमा जोड दिए ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको हाल चु्क्ता पुँजी ५०१ करोड, कुल लगानी ४,२४२ करोड, जीवन बीमा कोष ३८०३ करोड, जारी बीमालेख संख्या ३१ लाख ७२ हजार ५१०, प्रशिक्षित अभिकर्ता संख्या १ लाख १ हजार १ सय र १७४ शाखा सञ्जाल रहेका छन् ।

समाचार वर्गहरू