सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा

14

एजेन्सी –  सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । क्वार्टरफाईनलको खेलमा चिनियाँ खेलाडी वाङ् छयाङ्लाई हराउँदै सेरिनाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

३७ वर्षीय सेरेनाले क्विङलाई पराजित गर्न ४४ मिनेट मात्र समय खर्चिइन् ।

सेरेनाले ६-१ र ६ – ० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सेरेनाले अब फाइनल प्रवेशका लागि इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।

भिटोलिनाले पनि क्वाटरफाइनलमा जाहना कोन्टालाई ६ – ४ र ६ – ४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

समाचार वर्गहरू