रुपन्देही – रुपन्देहीको सैनामैना नगरपालिका–७ लम्टैयामा बन्न लागेको नेपालकै ठूलो क्रिकेट रंगशालाको डीपीआर तयार भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेटमा माटो कटिङ, तारबार र डीपीआर निर्माण गरिएको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । १५ बिगाहा क्षेत्रफलमा उक्त क्रिकेट रंगशालाका निर्माण सम्पन्न गर्न २ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान नगरपालिकाको छ ।
खेल पर्यटन मार्फत सैनामैनाको विकास गर्ने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको सैनामैनाका नगर उपप्रमुख बिना रानाले बताईन । नगरपालीकाले बजेट ब्यवस्थापन गरेर यसै वर्ष ठेक्का प्रक्रियामा जाने समेत उपप्रमुख रानाले जानकारी दिईन् ।