मध्यबिन्दु/काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्य कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आइतवार तोलामा ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ९० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।