काठमाडौं – इटहरीमा टिपरको ठक्करबाट स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ।
मंगलबार अपराह्न टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशाको मृत्यु भएको हो।
धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते सरितालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो भने अनुशालाई न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उनीहरू दुबैको उपचार क्रममा मृत्यु भएको हो।
दुर्घटनपछि केही समय इटहरी तनावग्रस्त बनेको थियो। झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि घाइते भएका थिए।