सिन्धुपाल्चोक – स्कुल अफ डेमोक्रेसी सिन्धुपाल्चोक शाखाले कार्यसमिति विस्तार गरेको छ । सिन्धुपाल्चोक शाखाका अध्यक्ष भीम प्रसाद पौडेलले लक्ष्मीपूजाको दिन जिल्ला शाखा विस्तार गरेका हुन् । उनले विस्तार गरेको जिल्ला कार्यसमितको उपाध्क्षमा नवराज भट्टराई र सचिवमा मोहन कुमार श्रेष्ठ रहेका छन् । उपाध्यक्ष भट्टराई साविकको २ नम्बर क्षेत्रका काँग्रेस उपसभापति हुन् भने जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका उपाध्यक्ष समेत छन् ।
बिस्तारित समितिका सदस्यहरुमा सोनोर्बु शेर्पा, मिठु लामा, लक्ष्मी चालिसे, सनत अधिकारी, आशिष खड्का, भक्त बहादुर लामा, तेज बहादुर बस्नेत, गणेश कटुवाल, राजकुमार भण्डारी, सर्मिता घिमिरे खड्का, शम्भु चौलागाई, भरत कार्की र कुमार शाहीलाई जिम्मेवारी दिइएको सिन्धुपाल्चोकका अध्यक्ष भिम पौडेलले जानकारी दिए ।
अध्यक्ष भीम पौडेलको नियुक्ति भने केन्द्रबाटै केही महिना अघि गरिएको थियो । अध्यक्ष पौडेलले जिल्लाका सबै भेगका लोकतन्त्रमा विश्वास राख्नेहरुलाई समेटेर कमार्यसमिति विस्तार गरेको बताए ।
स्कुल अफ डेमोक्रेसी संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै संविधानलाई कार्यान्वयन गरी लोकतान्त्रिकरणको प्रक्रियामा योगदान दिने संस्था हो । यसले मानिसका दैनिक जनजीविकाका सवालमा कुरा उठाउँदै आएको पौडेलको भनाइ छ ।