(भरतपुर) – चितवनको भरतपुरमा स्कूटर अनियन्त्रित भई पल्टिंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका ७ स्थित तेह्साल चोकमा स्कूटर दुर्घटना हुँदा भरतपुर महानगर ११ का सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते पूजा सुनारको चितवन मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । गीता नगरबाट भरतपुर तर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कूटर तीब्र गतिका कारण अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।