नेकपा सरकारले स्ववियु निर्वाचन टार्न खोज्योः नेविसंघ महामन्त्री तिमल्सिना

20

मध्यविन्दु/काठमाडौं– नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेकपाको सरकारले स्ववियु निर्वाचन टार्न खोजेको बताएका छन् । मंगलबार बानेश्वर बहुमुखी क्याम्पसको २९ औं बाषिकोत्सव समारोहमा बोल्दे महामन्त्री तिमल्सिनाले केपी शर्मा ओली सरकारले आफू विरुद्धको जनमत प्रतिविम्बित हुने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन टार्न खोजेको आरोप लगाएका हुन् ।
तिमल्सिनाले स्ववियु निर्वाचन नगराउनुमा त्रिभुवन विश्वविद्यालयको पनि ठूलो हात रहेको बताए । तिमल्सिनाले शिक्षण संस्थामाथिको भागबन्डाको अन्त्य गर्दै शिक्षामा राजनीतिकरणको थालनी गरिनुपर्नेमा जोड दिए । उनले ओली सरकारलाई त्रिविविले साथ दिएको समेत आरोप लगाए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थीलाई नीति निर्माण तहमा प्रतिनिधिविहीन बनाइएको आरोप लगाए ।

समाचार वर्गहरू