स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिएमात्र क्वारेन्टिन बस्नुपर्ने

27

काठमाडौं – कोरोना संक्रमितको उपचार गर्ने सबै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिए वा लक्षण मात्र देखिए पनि क्‍वारेन्टिनमा राख्‍न सरकारले निर्देशन दिएको छ ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिए मात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले ‘कोभिड १९ का बिरामीहरुको उपचारमा संलग्‍न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी बनेको मार्ग निर्देशिका २०७७’ परिमार्जन गरेसँगै कोरोना संक्रमितको प्रत्यक्ष उपचारमा खटिँदा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित भए वा लक्षण देखिएपछि मात्र आइसोलेसन वा क्‍वारेन्टिनमा राख्‍न निर्देशन दिएको हो ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने व्यवस्था थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए ।

मन्त्रालयको सचिव स्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

समाचार वर्गहरू