हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

21

झापा – अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचे रहेका छन् ।

अवैध हातहतियार खरखजाना मुद्दाका फरार उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मेचेलाई बिर्तामोड नगरपालिका-१ स्थित बजाज सोरुम नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रतिवादी मेचेलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

समाचार वर्गहरू