“हामिले हारेका छैनौं” – प्रदिप पोडेल

8

काठमाडौं – नेपाली काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्टहरुको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेलिंदै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको गर्दै आएको बताएका छन् । शुक्रबार एक धारणा सार्वजनिक गर्दै युवा नेता पौडेलले ओली नेतृत्वको कम्युनिष्ट सरकारले  संविधान मिच्ने देखि संसद विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस गरेको बताएका छन् ।

“हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने मेण्डेट दिएका थिए । हाम्रो चाहनापनि त्यही थियो । तर कम्युनिष्ट पार्टी भित्र भएको अराजनैतिक, अलोकतान्त्रिक र मर्यदाहिन लुछाचुँडीले गर्दा देशको अवस्था तरल बन्दै गयो । राजनैतीक कुसंस्कार, भ्रष्टाचार, महङ्गी, कालोबजारी, बलात्कार, जस्ता जघन्य अपराध बढ्ने श्रृखला झन् झन् मौलाउँदै गयो ।” नेता पौडेलले भनेका छन् “संविधान मिच्ने देखि संसद विघटन गरेर जनमतको अपमान गर्ने सम्मको दुस्साहस ओली नेतृत्वको कम्युनिष्ट सरकारले गर्यो । उनीहरूको आन्तरिक लडाइँ र सत्ता हत्त्याउने खेलले देश बर्वादितिर धकेल्दै गएपछि नेपाली कांग्रेसले बारम्बार खबरदारी गर्दै आएको थियो ।”

यो बेला सम्म आईपुग्दा कम्युनिष्टहरु आफ्नै कारणले नेतृत्वको विश्वास गुमाउन पुगेको भन्दै पौडेलले भनेका छन् “कोभीड महामारीले देश थिलथिलो हुँदा पनि जोखिम कम गर्न भ्याक्सिन उपलब्ध गराउन सकेन । कमिसनको खेल र अनियमितता गर्नेलाई कुनै कार्वाही गर्न सकेन । स्वास्थ्य क्षेमता वृद्धि गर्न सकेन । महामारी नियन्त्रण गर्न सकेन। सबै क्षेत्रमा चुकेको सरकार लम्पसार परेपछि कांग्रेस सङ्ग गुहार माग्दै आयो। देश नेतृत्व विहिन हुन दिनुहुँदैन भनेर हामीले अग्रसरता देखायौं । हामीले आफूलाई कुनै उत्तेजक बनाएनौं ।”

“नेतृत्व लिनुपर्ने स्थिति आयो, हामीले पहल गर्यौ । परिस्थिति फरक बन्यो । जसपा र माधव नेपाल समुहले कुनै हिम्मत देखाउन सकेन । हामी लोकतान्त्रिक मुल्य मान्यताका आधारमा अघि बढिरहेका छौ । हामीले संयमता र नैतिकता गुमाएनौं ।” भन्दै अगाडि भनिएको छ “नेपाली काँग्रेस संविधान प्रति प्रतिवद्ध छ। हामी सङ्ग राजनैतिक संस्कार छ । लोकतन्त्र, संविधान र जनताका लागि जस्तो सुकै लडाइँ लड्न तयार छौं । हाम्रो लडाई सधैं विवेकपूर्ण र संयमित हुन्छ । हामीले हारेका छैनौँ ।”

समाचार वर्गहरू