हामी–हामी मिल्ने कुरा त मिल्नैपर्छ, नमिलेर जाने कहाँ हो ? -गगन थापा

90

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता सुदृढ गर्न पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका छन् ।

बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् ।

‘अरु नेताले पनि मलाई सबैले साथ दिनुपर्छ । सबै मिलेर जानुपर्छ । हामी–हामी मिल्ने कुरा त मिल्नैपर्छ,’ उनले भने, ‘नमिलेर जाने कहाँ हो अब ? हामी मात्रै मिलेर पनि पुग्दैन ।’ सबै मिलेरै  सबैभन्दा पहिला कांग्रेससँग रिसाएर यसपटक बाहिर गएका १० लाख मतदाता फर्काउनुपर्ने उनले बताए ।

‘ती १० लाख मतदातालाई भेटिहालौं, उसलाई भनिहालौं, नेपाली कांग्रेससँग तपाईँले गरेका अपेक्षा हामी पूरा गर्छौं भनेर भरोसा दिलाउनुपर्नेछ,’ उनले भने ।

त्यसपछि युवालाई कांग्रेसमा आकर्षित गर्न ३० वर्षमुनिका युवालाई कांग्रेससँग जोड्ने अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।

समाचार वर्गहरू