‘हाम्रो ‘महाअभियान’मा नआउने पुर्वराजाको नारा नलाउनु’ – दुर्गा प्रसाईं

12

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापनाका लागि शनिबार गरेको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएनन् । पूर्वराजा ज्ञानेन्द्र शाह कार्यक्रममा सहभागी नभएपछि प्रसाईंले आफ्नो महाअभियानमा संलग्नहरूलाई राजतन्त्रको नारा नलगाउन आग्रह गरेका छन् ।

नयाँ बानेश्वरबाट भएको प्रदर्शनमा उनका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाएका थिए । राजतन्त्र चाहिए पूर्वराजा र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्दै प्रसाईंले राजतन्त्रको नारा नलगाउन भनेका हुन् ।

‘म तपाईंहरूलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनुपर्यो नि । हामीसँगै आउनुपर्यो, भिड्नुपर्यो,’ उनले भने ।

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईं पार्टी नीतिविपरीत कार्य गरेवापत निष्कासनमा परेपछि केही दिनयता उनले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको वकालत गर्दै आएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू