देशभर मौसम सामान्य बदली, मध्यम वर्षाको सम्भावना

22

काठमाडौं – हाल देशभर मौसम सामान्य बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा पनि भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

बङ्गालको खाडीबाट बनेको मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले पानी परेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिम बाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

समाचार वर्गहरू