काठमाडौं – हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्ध बिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गरे ।
कोसँग विवाह गर्दैछन् भन्ने कुरा केही समयपछि मात्रै सार्वजनिक गर्ने उनको भनाइ छ । ‘केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्छु’, उनले भने ।
करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् । गजुरेल चाँडै विवाह गर्ने तयारीमा छन् । यद्यपि विवाहको तिथि भने निश्चित भएको छैन ।
दुई वर्षअघि गजुरेलले पत्नी मिनासँग सम्बन्ध बिच्छेद गरेका थिए । आपसी समझदारीमा दुबैले सम्बन्धलाई टुङ्ग्याएका थिए ।उनीहरूका एक छोरा र छोरी छन् । अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् ।