हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

25

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे ।

आजदेखि चैत ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेकोे छ ।

कार्यक्रममा प्रा डा चुडामणि बन्धु, प्रा डा माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए ।

सम्मिलनको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ ।

समाचार वर्गहरू